![]()
काठमाडौं । अन्ततः लामो समयदेखि व्यवस्थापिका संसद्मा पेण्डिङमा रहेका संविधान संशोधन बिधेयकमाथि भदौ ५ गते मतदान हुने भएको छ ।
संसदमा बिधेयकमाथि छलफल सुरु भएपछि संसद सचिवालयले भदौ ५ गतेका लागि मतदानको तयारी गरेको छ । कानुन मन्त्री यज्ञबहादुर थापाले संविधान संशोधन प्रस्तावमा दफावार छलफल गर्न राखेको प्रस्ताव सदनले सर्वसम्मतिले स्वीकृत गरेपछि छलफल प्रारम्भ भएको हो ।
बिधेयकमाथि ५० वटा संशोधन परेका छन । छलफल भदौ ४ गतेसम्म जारी रहने र ५ गते मतदान गर्ने तयारी छ । संविधान संशोधन विधेयक पास गर्न दुई तिहाई मत आवश्यक हुन्छ ।


