![]()
काठमाडौं । व्यवस्थापिका संसद्को बैठकमा सत्तापक्ष र प्रतिपक्षबीचको रोचक घोचपेच बुधवार पनि जारी रह्यो । बुधवारको व्यवस्थापिका संसद्को बैठकमा बोल्ने पालो थियो एमाले सांसद ममता गिरीको । उनले प्रयोग गरेको बाँदर शब्दले केहीबेर संसदमा कोलाहल मच्चियो ।
एमालेले सदनमा सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको सन्दर्भमा सत्तापक्षबाट विरोध भएको भन्दै सांसद गिरीले ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरुको घर पनि बन्न दिँदैन’ भन्दै कटाक्षा गरेपछि सत्ता पक्षबाट कडा प्रतिवाद भएको थियो ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले त्यसको प्रतिवाद गर्दै भने, ‘सभामुख महोदय ! ‘बाँदर’ शब्द असंसदिय शब्द भो, रेकर्डबाटै हटाउन पर्यो । ’
एमाले सांसद गिरीले सत्तापक्षलाइ बाँदर भन्दै कटाक्ष गरिरहेकाबेला एमालेका सांसदहरु हाँसिरहेका थिए । ज्वाफमा कांग्रेस सांसदले कडा प्रतिवाद गरेपछि कांग्रेस र माओवादी केन्द्रका सांसदले ताली बजाएका थिए ।


