![]()
एजेन्सी । गैरआवासीय नेपाली सघं (एनआरएनए) जापानको कान्तो र गुम्मा क्षेत्रीय समितिले नेपालका बाढीपीडितको सहयोगका लागि २ लाख ८१ हजार जापानी यान पठाइएको छ ।
विभिन्न संघ संस्थाका प्रतिनिधिले संकलन गरेको रकममध्ये तत्काललाई २ लाख ८१ हजार यान पठाइएको हो । एनआरएनए गुम्माले ५० हजार जापानीयान र कान्तो क्षेत्रीय समितिले २ लाख ३१ हजार जापानीयान पठाएको हो ।
सरकारी माध्यमबाट पीडितसम्म पुग्न समय लाग्ने भन्दै धुर्मुस सुन्तलीले सुरु गरेको विपतमा सबै नेपाली जुटौं, अनिवार्य मानवता र सद्भावका लागि सहकार्य भन्ने अभियानमार्फत राहत रकम पठाएका हुन ।


