Breaking News.... EverestOnlineKhabar
May 12, 2026

विराटनगर विमानस्थल सफाइको काम सुरु

Loading

विराटनगर,३१ साउन ।
बाढीले जलमग्न भएको विराटनगर विमानस्थल सफाइको काम सुरु भएको छ । विमास्थलभित्र पसेको वाढीको लेदो पखाल्ने काम सुरु गरिएको हो । दमकलको सहायताले हिलो पखाल्ने काम थालिएको विमानस्थल कार्यालयले जनाएको छ ।
हिलो पखाल्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । रन वे मा आधा फिटसम्म हिलो जमेपछि चार दिनदेखि विराटनगर विमानस्थलमा कुनै पनि उडान हुन सकेका छैनन् ।
विमानस्थल सफाइको काम सक्न चार दिन लाग्ने अनुमान गरिएको छ । त्यसपछि विमानस्थलभित्रको विद्युत् र उडान तथा अवतरणको सुरक्षाबारे जानकारी दिन राखिएका विद्युतीय उपकरणहरुको चेकजाँच गरेपछि मात्रै विमानस्थल सञ्चालनमा ल्याइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.