![]()
काठमाडौं । दुइ दिनको अविरल बर्षापछि तेस्रो दिन मौसममा सामान्य सुधार आएको । बर्षा बिस्तारै कम भएपछि बाढी पहिरो जानेक्रम पनि रोकिएको छ । पूर्वी क्षेत्रमा बिहानदेखि पानी परेको छैन । पश्चिमी क्षेत्रका केहि स्थानमा भने हल्का बर्षा भइरहेको छ ।
पानी रोकिएपछि तराईका जिल्लामा डुवान पनि घट्दै गएको छ । केही ठाउँमा पानी घटेपछि शव भेटिन थालेका छन । रौतहटमा आज थप २ शव भेटिएको प्रहरीले जनाएको । थुप्रै बस्तुभाउ पनि डुबेर मरेको अवस्थामा भेटिएका छन ।
पूर्व र मध्य क्षेत्रमा पुनः बर्षा हुने सम्भावना भएपनि त्यो हिजो अस्तीको जस्तो मुसलधारे नहुने मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाढी पहिरोबाट अहिलेसम्म ७० भन्दा बढीको मृत्यु भइसकेको छ । ५० भन्दा बढी बेपत्ता छन् ।


