![]()
काठमाडौं । चिनियाँ उपप्रधानमन्त्री वाङ याङ तीन दिने भ्रमणको सिलसिलामा आज नेपाल आउँदै हुनुहुन्छ । याङले उच्चस्तरीय राजनीतिक भेटघाटका साथै भूकम्पबाट क्षतिग्रस्त वसन्तपुरको नौतले दरबारको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
याङ पाकिस्तानको स्वतन्त्र दिवसको कार्यक्रममा सहभागी भएर २१ जनाको टोलीसहित साँझ नेपाल आइपुग्नु हुनेछ । पछिल्लो ६ बर्षमो चीनकातर्फबाट यो उच्चस्तरीय भ्रमण हो । परराष्ट्र मन्त्रालयका अनुसार वाङ पुनर्निर्माणको सहयोगार्थ नेपाल आउन लागेका हुन् ।
याङले राष्ट्रपति बिद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतसंग भेटवार्ता गर्ने कार्यक्रम छ । याङलाई चीनका राष्ट्रपति सि जिनपिङको विशेष दूतका रुपमा समेत हेरिएको छ । सबै उच्चस्तरीय भेटवार्ता मंगलवार होटल सोल्टिमा हुनेछन ।
मंगलबार नै उनले वसन्तपुरमा चिनियाँ सहयोगमा निर्माण हुन लागेको नौ तले दरबारको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
याङ बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।


