Breaking News.... EverestOnlineKhabar
May 11, 2026

बाढी पहिरोबाट ४९ को मृत्यु, ३६ बेपत्ता : गृहमन्त्रालय

Loading

काठमाडौं । गृहमन्त्रालयले मुलुकभर गएको बाढी र पहिरोका कारण ४९ जनाको मृत्यु भएको जनाएको छ । देशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानबाट ४७ को मृत्यु, ३६ बेपत्ता र २० जना घाइते भएको मन्त्रालयले जनाएको छ । करिब चार हजार परिवार बिस्थापित भएको मन्त्रालयको तथ्याङ्क छ ।

गृह मन्त्रालयका अनुसार सुनसरीमा ८, रौतहटमा ८, मोरङमा ५ र सिन्धुलीमा ४ जनाको मृत्यु भएको छ । त्यस्तै सुर्खेत, बाँके र झापामा तीन–तीन जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

तराईका सहरहरु डुवानमा परेका छन् भने पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा पुल धसिने, भाँचिएकाले बाटो अवरुद्ध भएको छ । मानिसहरु अझै पनि छतमा वा माथिल्लो तलामा बस्ने वा डुवानमा नपरेका स्थानका आफन्तहरु कहाँ शरण लिइरहेका छन् ।

रौतहटको परोरा गाउँपालिकाबाट प्रसूतिका लागि आउँदै गरेको गाडी राजपुर ३ स्थित डुबानमा पर्दा गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालिका पनि छन् । परोरा ३ का चन्दनकिशोर यादवकी श्रीमती २७ वर्षीया शर्मिला यादवको सुत्केरी गराउन बिहान राजपुर फरहदवास्थित स्वास्थ्य चौकी ल्याउँदै गर्दा सडकमा उनीहरु सवार गाडी डुबानमा परेर मृत्यु भएको हो । मृत्यु हुनेमा चन्दन, उनका गर्भवती श्रीमती शर्मिला, ३ वर्षीया छोरी छोटीकुमार यादव, आमा ५४ वर्षीया सुनिता यादव, काकी ३८ वर्षीया ललिता यादव र भाइ २५ वर्षीय सरोज यादवको मृत्यु भएको हो ।

यस्तै, मकवानपुरको बकैया गाउँपालिकाको मन्थलीमा पहिरोमा पूरिएर एक बालकको मृत्यु भएको छ भने मंगलसेन न्यासुरको परिवारका सात जना बेपत्ता भएका छन् । मृत्यु भएका बालक पनि न्यासुरकै परिवारका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.