Breaking News.... EverestOnlineKhabar
May 12, 2026

सेनाको गाडीमा बम आक्रमण, १५ जनाको मृत्यु

Loading

इस्लामावाद,२९ साउन ।
पाकिस्तानको क्वेटा शहरमा भएको बम आक्रमणमा कम्तिमा १५ जनाको ज्यान गएको छ । घटनामा अरु ३० जना घाइते भएका छन् । घटनामा ज्यान गुमाउनेमा ८ जना सैनिक रहेको पाकिस्तानी सेनाले जनाएको छ ।
ड्युटीमा जाँदै गरेको सुरक्षाकर्मी चढेको गाडीलाई लक्षित गरी बम आक्रमण भएको पाकिस्तानी सेनाको जनसम्पर्क विभागलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । घटनामा घाइते भएका ३० मध्ये १५ जना सर्वसाधारण नागरिक रहेका छन् ।

घाइतेको क्वेटामा रहेको सिएमएच अस्पतालमा उपचार भइरहेको छ । बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको अति सुरक्षति स्थानमा घटना भएको हो । घटनाको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.