![]()
रौतहट,२९ साउन ।
लगातारको वर्षापछि जलमग्न बनेको रौतहटमा गाडी डुबेर गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ । प्रसुतीका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँँदै गरेको जीप बाढीले बाटो कटान गरेको जानकारी नहुँदा डुबेको हो ।
राजपुर अस्पताल भन्दा सय मिटर पर बिहान ३ बजेतिर भारतीय नम्बरको जीप डुब्दा गर्भवती महिलासहित ६ जनाको मृत्यु भएको प्रहरी उपरिक्षक यज्ञ विनोद पोखरेलले बताए ।
मृत्यु हुनेमा चार पुरुष र दुई महिला छन् । जीपका चालक र अर्का एक व्यक्तिले भने ज्यान बचाउन सफल भएको स्थानीयले जनाएका छन् ।
चार दिन देखि परेको अविरल वर्षाका कारण आएको बाढीले रौतहट पूर्ण रुपमा डुबानमा परेको छ । २०५० सालमा आएको बाढी भन्दा पनि ठूलो यस पटकको बाढीले जिल्लाका सबै गाँउपालिका र तिनवटै नगरपालिका लाई जलमग्न बनाएको छ ।


