![]()
हेटौँडा,२९ साउन ।
मकवानपुरको बकैया गाउँपालिकाको मन्थलीमा शनिबार राति गएको पहिरोमा एक जना बालकको मृत्यु भएको छ । मंगलसेन न्यासुरको परिवारका सात जना बेपत्ता भएका छन् । मृत्यु भएका बालक पनि न्यासुरकै परिवारका हुन् ।
बकैयाकै बुंगे खोलाले बगाएर ४० वर्षीय वीरबहादुर मोक्तानको मृत्यु भएको छ । हेटौंडा ४ र ५ नम्बर वडा डुबानमा परेका छन् । कुलेखानी–फाखेलसहितका छोटो दूरीका बाटो अबरुद्ध भएको छ ।
मनहरी गाउँपालिका खोला पसेर स्थानीयको बिल्लीबाठ भएको छ । प्रहरीले उद्दार कार्य जारी राखेको छ ।


