Breaking News.... EverestOnlineKhabar
May 12, 2026

सौराहामा राप्ती नदी पस्योःअधिकांस होटल डुबानमा,सयौँ पर्यटक प्रभावित

Loading

चितवन,२९ साउन ।
चितवनको पर्यटकीय नगरी सौराहामा राप्ती नदीको बाढी पसेको छ । राती ११ बजेदेखि राप्ती नदीको बाँध नाघेर सौराहामा बाढी पसेको हो ।
बाढी पस्न सुरु गरेपछि सौराहाका अधिकांस होटल तथा रेस्टुरेन्ट डुबेको क्षेत्रीय होटल संघ चितवनले जनाएको छ । डुबानले सयौ पर्यटक समेत प्रभावित भएका छन् ।
डुवानमा परेका होटलमा रहेका पर्यटकलाई माथिल्ला कोठाहरुमा राखिएको छ । यस्तै पूर्वी चितवनका विभिन्न स्थान पनि डुबानमा परेका छन् ।
डुबानका कारण भएको क्षतिको विवरण प्राप्त भईसकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.