Breaking News.... EverestOnlineKhabar
May 11, 2026

बर्षा, बाढी र पहिरोले अत्यावश्यक सेवा प्रभावित, बिराटनगर बिमानस्थलमा ३ फिट पानी

Loading

मोरङ । लगातारको भारी बर्षाले अत्यावश्यक टेलिफोन र मोवाइल सेवामा बिहानैदेखि समस्या देखिएको छ । खासगरी पूर्वी तराई र पश्चिमका जिल्लामा संचार सेवा निकै प्रभावित भएको छ । हवाइ तथा स्थलगत यातायात सेवा त ठप्प नै छ ।

विराटनगर विमानस्थलमा पानी जमेकाले जहाजको उडान र अवतरण हुन सकेका छैन । बिमानस्थलमा तीन फिट पानी जमेको छ । उता, सनसरीको दुहवीस्थित नेपाल बिद्युत प्राधिकरणको ग्रीडमा पानी पस्दा विहानैदेखि बिद्युत सेवा अवरुद्ध छ ।

विराटनगरमा रहेको नेपाल आयल निगमको क्षेत्रीय डिपोमा पनि पानी पसेको छ । पानीले निगमको पर्खाल भत्काएको छ । बिमानस्थलको ‘टर्मिनल भवनमा पनि पानी पसेको छ । आर्मी पुलिसको ब्यारेक समेत डुबेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.