Breaking News.... EverestOnlineKhabar
October 2, 2026

अमेरिकाको गुआममा चारवटा मिसाइल आक्रमण गर्न उत्तर कोरिया तयार

Loading

एजेन्सी,२६ साउन ।
उत्तर कोरियाले प्रशान्त महासागरको अमेरिकी टापु गुआममा मिसाइल आक्रमणको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । गुआममा अगस्टको मध्यतिर चारवटा मिसाइल आक्रमण गर्ने तयारी भएको उत्तर कोरियाले दाबी गरेको छ ।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले हवासङ–१२ नामक चारवटा रकेट आक्रमणका लागि तयार रहेको बताएको छ । ती रकेट जापानको जमिन तथा समुद्री क्षेत्रमाथिबाट जाने र गुआम भन्दा ३० किलोमिटर पर समुद्रमा खस्ने केसिएनएलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । तर यो आक्रमणका लागि उत्तर कोरियाका नेता किम जोङ–उनले सहमति जनाउनु पर्नेछ ।
गुआममा अमेरिकी सामरिक बम वर्षक विमानको भण्डारण गरिएको छ । यसैबिच अमेरिकाले आफ्नो विनासको बाटो आफै नबनाउन उत्तर कोरियालाई चेतावनी दिएको छ । अमेरिकी रक्षा मन्त्री जिम म्याटिसले उत्तर कोरियाले पछिल्लो समय गरिरहेको गतिविधि उसकै लागि घातक हुन सक्ने भन्दै आफ्नो विनासको निम्तो आफै गरिरहेको बताउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed