Breaking News.... EverestOnlineKhabar
May 11, 2026

तालिवानले अपहरण गरेका २ सय ३५ जना मुक्त

Loading

एजेन्सी,२७ साउन ।
अफ्गानिस्तानमा तालिवानले उत्तरी क्षेत्रबाट अपहरण गरेका २ सय ३५ जनालाई मुक्त गरेको छ । सार ए पल प्रान्तमा मिर्जावालाङ क्षेत्रमा आक्रमण गरी ५० भन्दा बढीको हत्या गरेको भोलिपल्ट उनीहरुलाई छाडिएको अधिकारीहरुले जनाएका छन् ।
तालिवानले भने सर्वसाधारण नभई सुरक्षाकर्मी मारिएको जिकिर गरेको छ । प्रान्तका गर्भनर र स्थानीय आदिवासी नेताबीचको वार्तापछि अपहरण मुक्त गर्न तालिवान सहमत भएको थियो । अफगान सुरक्षाकर्मीले अझै पनि सय भन्दा बढी मानिस तालिवानको कब्जामा रहेको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.