Breaking News.... EverestOnlineKhabar
May 11, 2026

चिनियाँ सेनाद्वारा दर्जनौं क्षेप्यास्त्र प्रहार…..

Loading

एजेन्सी,२५ साउन ।
चिनियाँ सेनाले युद्धका लागि तयारी अवस्थामा रहने उद्देश्यले युद्धअभ्यास गरेको छ । भारतसँगको तनाव, उत्तर कोरियाद्वारा लगातार परमाणु परीक्षण र दक्षिण चीन सागरमा बढ्दो अन्तर्राष्ट्रिय हस्तक्षेप लगायतका पृष्ठभूमिबीच चीनले युद्धअभ्यास गरेको हो ।
चिनियाँ वायुसेना र नौसेनाको टोली संयुक्त युद्धअभ्यासमा सहभागी थिए । चिनियाँ रक्षा मन्त्रालयको वेबसाइटमा प्रकाशित विवरणअनुसार यल्लो सी र बोहाई खाडीमा युद्धअभ्यास गरिएको हो । युद्धअभ्यासका क्रममा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको दृष्य केही टेलिभिजनले प्रशारण गरेका थिए ।
युद्धअभ्यासमा नौसेनाको दर्जनौं पोत र वायुसेनाका १० भन्दा बढी लडाकु विमान सामेल थिए । रक्षा मन्त्रालयका अनुसार आफ्नो हतियारको परीक्षण र तटीय हमला र हवाई लक्ष्यमा अचुक निशानाका लागि सैन्य क्षमता विकास गर्ने उद्देश्यले युद्धअभ्यास गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.