Breaking News.... EverestOnlineKhabar
May 11, 2026

संशोधन विधेयक मतदान प्रक्रिया लगिने…..

Loading

काठमाडौ,२५ साउन ।
सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनअघि नै संविधान संशोधन विधेयकलाई निर्णयार्थ सदनमा राख्ने निर्णय गरेको छ।  कांग्रेस कार्यसम्पादन समितिको मंगलबारको बैठकले संशोधन विधेयकलाई मतदान प्रक्रियामा लैजाने निर्णय गरेको हो । केही दिनअघि कांग्रेसले २ नम्बर प्रदेशमा गरेको कार्यकर्ता भेलाले चुनावअघि नै संशोधन विधेयकलाई मतदानमा लैजान सुझाव दिएको थियो । सोही आधारमा कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय लिएको हो।

विधेयक सदनबाट पारित गराउन सरकार र दलका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने दलसँग वार्ता गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले अन्य दलसँग वार्ता गरेर विधेयक पास हुने वातावरण मिलाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ । विधेयक पास या फेल जे भए पनि मतदान प्रक्रियामा लगेर टुंग्याउने निर्णयमा कांग्रेस पुगेको हो । राजपाले भने संविधान संशोधन विधेयक पास हुनैपर्ने अडान राख्दै आएको छ।
कांग्रेस नेता कृष्ण सिटौलाले तेस्रो चरणको स्थानीय तह चुनावअघि नै संविधान संशोधन विधेयकलाई निर्णयार्थ सदनमा मतदान प्रक्रियामा लैजाने निर्णय बैठकले गरेको जानकारी दिए । पार्टी कार्यालय सानेपामा मंगलबार दुई चरणमा कार्यसम्पादन समितिको बैठक बसेको थियो । बैठकमा सभापति देउवा, नेता राचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, सिटौला, प्रकाशशरण महतलगायत सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.