Breaking News.... EverestOnlineKhabar
May 11, 2026

उर्जा मन्त्री शर्माद्वारा बुढीगण्डकी आयोजनाबारे बोल्न अस्वीकार

Loading

काठमाडौं । उर्जा मन्त्री महेन्द्रबहादुर शाहीले बुढीगण्डकी आयोजनाबारे प्रतिक्रिया दिन अस्वीकार गर्नुभएको छ । मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शाहीले बुढीगण्डकीबारे आफूलाइ बिस्तृत जानकारी नभएकाले बुझेर मात्रै केही बोल्न सक्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा मन्त्री शर्माले भन्नुभयो, ‘बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई जिम्मा दिएको अघिल्लो सरकारले हो । मैले यसबारे सबै बुझेको छैन । डिटेल बुझेर मात्र बोल्छु । तर, यति भन्छु राम्रो गर्छु । जनता र राष्ट्रको हितमा गर्छु ।’
आयोजना बनाउँदा हित हुन्छ भने बनाउँछु, नबनाउँदा हित हुन्छ भने खारेज गर्छु ।’ मन्त्री शर्माले भन्नुभयो । बुढीगण्डकी आयोजना चीनको खराब कम्पनीलाइ दिएर आर्थिक चलखेल गर्न खोजेको भन्दै नयाँ शक्ति पार्टी लगायत बिभिन्न सरोकारवालाहरुले बिरोध गरिरहेका छन ।

मन्त्री शाहीले कुनै पनि हालतमा लोडसेडिङ हुन नदिने भन्दै लोडसेडिङ अन्त्यका लागि सहयोग गर्न सबैलाइ आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.