![]()
बिबिसि । मलेसियामा आतंकवादविरुद्धको अभियानका क्रममा ४ सय भन्दा बढी पक्राउ परेका छन । स्थानीय प्रशासनले विभिन्न स्थानमा छापा मारी चार सय भन्दा बढी बिदेशीलाइ पक्राउ गरेको बिबिसिले जनाएको छ ।
प्रहरीले राजधानी क्वालालम्पुरका विभिन्न स्थानमा श्रृंखलाबद्ध रुपमा छापा मारेको थियो । पक्राउ पर्नेमा बंगलादेश, भारत र पाकिस्तानी कामदार बढी रहेका छन । छापा मार्नेक्रममा फर्जी पासपोर्ट बनाउने तथा मलेयिालको आप्रवासनसम्बन्धी फर्जी कागजात बनाउने उपकरणहरु समेत बरामद गरिएको छ ।
आगामी साता हुने दक्षिण पूर्वी एसियाली खेल प्रतियोगितालाई लिएर सबै स्थानमा सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । फर्जी कागजात बनाएर बसेका तथा सिरिया र इराकका आतंकवादी समुहलाई सहयोग गर्ने व्यक्तिहरु रहेको आशंकामा खोजी अभियान तीब्र पारिएको मलेसिया सरकारले जनाएको छ ।


