Breaking News.... EverestOnlineKhabar
May 12, 2026

नयाँदिल्लीमा नेपाल–भारत विद्युत आदानप्रदान समितिको बैठक बस्दै

Loading

काठमाडौ,२४ साउन ।
नेपाल–भारत विद्युत् आदानप्रदान समितिको बैठक मंगलबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा बस्दैछ । बैठकमा नेपाल विद्युत् प्राधिकरणले भारतका विभिन्न स्थानबाट आयात गरिरहेको विद्युत्को मूल्य र परिणाम तोक्ने विषयमा छलफल गर्ने कार्यसूचि छ ।
६ वर्षदेखि यो बैठक बोलाउन प्राधिकरणले आग्रह गर्दै आए पनि भारतीय पक्षबाट बैठकका विषयमा कुनै निर्णय हुन नसक्दा विद्युत्को मूल्यका विषयमा समेत छलफल हुन सकेको थिएन ।
प्राधिकरणका तर्फबाट बैठकमा सहभागी हुन लागेका प्रवक्ता प्रबल अधिकारीले ६ वर्षपछि आयोजना हुन लागेको बैठकमा केही महत्वपूर्ण विषयमा छलफल हुने जानकारी दिए । बैठकका लागि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक राजीव शर्मा, कामु उपकार्यकारी निर्देशक लेखनाथ कोइराला, उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह, विद्युत् व्यापार विभागका प्रमुख प्रबल अधिकारीलगायत टोली नयाँ दिल्ली गएको छ । बैठकमा नेपालका तर्फबाट कार्यकारी निर्देशक घिसिङ र भारतका तर्फबाट केन्द्रीय विद्युत् प्राधिकरणका प्रतिनिधिले नेतृत्व गर्नेछन् ।
सन् २०११ मा आयोजना भएको बैठक नियमित कार्यसूचि अनुसार सन् २०१३ मा बस्नुपथ्र्यो । बैठक आयोजना नहुँदा नेपालले भारतबाट आयात गर्ने बिजुलीको बढी मूल्य तिर्नु परिरहेको छ ।
दुई देशबिच भएको सम्झौतानुसार बिहार, उत्तर प्रदेश र उत्तराखण्डका विभिन्न स्थानबाट विद्युत् आयात भइरहेको छ । ती विन्दुबाट आयात भएको विद्युत प्रतियुनिट ८.९९ रुपैयाँमा प्राधिकरणले खरिद गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.