Breaking News.... EverestOnlineKhabar
May 12, 2026

भदौ १ गते प्रदेश र केन्द्रको चुनाव गर्ने निर्वाचन आयोगको प्रस्तावमा प्रधानमन्त्री देउवा सकारात्मक

Loading

काठमाडौं । निर्वाचन आयोगले आगामी भदौ १ गते भित्र प्रादेशिक र संघीय चुनाव गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासंगको भेटमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहितका पदाधिकारीले यस्तो प्रस्ताव गर्नुभएको हो ।

आयोगले विद्युतीय भोटिङ मेसिन प्रयोग गरे दुबै चुनाव एकै चरणमा गर्न सकिने पनि जनाएको छ । चुनावका लागि आवश्यक ऐन कानुन पारित गर्न र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिट्टै आउने वातावरण बनाउन पनि आयोगले आग्रह गरेको छ ।

जवाफमा प्रधानमन्त्री देउवाले चुनावसंग सम्बन्धीत ऐन कानुन र प्रतिवेदन छिट्टै आउने बताउनु भएको थियो । उहाँले पनि संसद र प्रदेशको दुबै चुनाव एकै चरणमा गर्नुपर्ने बताउनु भएको थियो ।

निर्वाचन आयोगले यसअघि असोज ३० मा प्रदेश र मंसिर पहिलो साता संघीय चुनाव गर्ने कार्ययोजना बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.