![]()
ललितपुर । काठमाडौं उपत्यकासहित देशभर प्रहरीले सुरक्षा सतर्कता उच्च पारेको बताइरहेकाबेला ललितपुरको कुसुन्तीमा प्रहरी र लागूऔषध तस्करबीच गोली हानाहान भएको छ । गोली लागेर लागुऔषध कारोबारी प्रवीण खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खत्रीलाई विशेष सूचनाका आधारमा पक्राउ गर्न खोज्दा खत्रि आफैले कन्चटमा गोली प्रहार गरेको प्रहरीको दावी छ । खत्रीले पहिले प्रहरीमाथि गोली चलाएका थिए ।
पक्राउ पर्ने पक्का भएपछि आफ्नो कन्चटमा आफैँ गोली हानेको प्रहरीको भनाइ छ । प्रहरीले खत्रि लुकेको घर घेरा हालेपछि उनी झ्यालबाट हाम फालेर भाग्न खोजेका थिए । सोहीक्रममा प्रहरीले चलाएको गोली खत्रिको घुँडा भन्दा केही तल लागेको छ । त्यसपछि आफू पक्राउ पर्ने निश्चित भएपछि खत्रिले आफैलाइ गोली हानेको प्रहरीले जनाएको छ ।


