![]()
बिबिसि । चीनले क्षेप्यास्त्र परीक्षण र परमाणु कार्यक्रम रोक्न उत्तर कोरियालाइ पुनः आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउन सहमति भएलगत्तै चीनले यस्तो आग्रह गरेको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यीले उत्तर कोरियाली समकक्षी री योङ–होसँग फिलिपिन्समा भएको भेटमा राष्ट्रसंघीय प्रस्तावनाको पालना गर्न आग्रह गरेका हुन । उत्तर कोरियाविरुद्धको नाकाबन्दी आवश्यक भएपनि त्यो नै समस्याको अन्तिम समाधान नभएको चीनको ठहर छ ।
चीनले तनाव बढाउने क्रियाकलाप बन्द गर्न अमेरिका र दक्षिण कोरयालाई पनि आग्रह गरेको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद क्षेप्यास्त्र परीक्षण गरेको भन्दै राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाको निर्यात र लगानी सिमित बनाउने प्रस्ताव सर्वसम्मतीले पारित गरिसकेको छ ।


