![]()
काठमाडौं । अन्ततः नेकपा माओवादीकी नेतृ रेणु दाहाल भरतपुर महानगरपालिकाको मयर बन्न सफल हुनु भएको छ । शनिवार राती सम्पन्न मतगणना अनुसार उहाँले एमाले उम्मेदवार देवी ज्ञवालीलाइ पराजित गर्नुभएको हो । दाहाल नेपाली कांग्रेस र माओवादी गठवन्धनकातर्फबाट उम्मेदवार बन्नु भएको थियो ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १९ र २० गणना पूरा भएसंगै उहाँले जीत हासिल गर्नुभएको हो । दुवै वडामा उहाँले ज्ञवाली भन्दा बढी मत प्राप्त गर्नुभएको थियो । दुवै वडा कांग्रेसका पकड भएका क्षेत्र हुन ।


