Breaking News.... EverestOnlineKhabar
June 21, 2026

यस्तो पो रहेछ बालक अपहरणको रहस्य, हेर्नुहोस अपहरणकारीको अनुहार

Loading

काठमाडौं । प्रहरीले काठमाडौं क्षेत्रपाटीस्थित स्कूलबाट पाँच वर्षीय बालक अपहरण भएको घटनाको रहस्य सार्वजनिक गरेको छ । बालक अपहरणको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले राजु विश्वकर्मा र विष्णु पाण्डेलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

अपहरणका मुख्य नाइके २६ वर्षीय राजु विश्वकर्मा बालकका बाबुका बाल्यकालदेखिका साथी थिए । साथी भएकै कारण सजिलैसँग उनले अपहरण गरेको प्रहरीको भनाइ छ ।

बिश्वकर्माले बालक अपहरण गरी गोठाटारस्थित मोतीलाल थापाको घरमा राखेका थिए । अचम्म त के भने उनी दिनभर बालकका पिता राजु चौधरीसँगै हुन्थे । उनले छोरा हराएको बारे राम्रोसँग अनुसन्धान नगरे स्कूल जलाउनु पर्छ भनी राजुलाई उकास्ने कामसमेत गर्दथे ।

प्रहरीले अपहरणमा सहयोग गरेको आरोपमा विष्णु पाण्डेलाई पनि पक्राउ गरेको छ । ५० लाख रुपैयाँ फिरौति मागे पनि पैसा आउने नदेखेपछि उनीहरुले बालककलाई काँडाघारीमा सकुशल छाडेका थिए ।

बालकलाई साउन १२ गते क्षेत्रपाटीमा रहेको शान्ति शिक्षा माध्यमिक विद्यालयबाट दिउँसो अपहरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed