![]()
काठमाडौं । आफनो एक्सन, फाइट, संवाद, भावुकता सबै बिधामा उत्कृष्ट अभिनय गर्न पोख्न भारतीय अभिनेता सुनील शेट्टी नेपाल आएका छन् । अनौपचारिक भ्रमणको सिलसिलामा सेट्टी नेपाल आएकाले खासै हल्लीखल्ली पनि हुन पाएन ।
भ्रमणको सिलसिलामा नायक सेट्टीले थानकोटस्थित चन्द्रागिरी क्षेत्रको अवलोकन भ्रमण गरेका छन । उनले भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि आनन्द लिए ।


