![]()
काठमाडौं । चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै ११औं पटक आमरण अनशनमा रहेका चिकित्सक डा. गोविन्द केसीको समर्थनमा आज काठमाडौंमा र्याली निस्किएको छ । नागरिक समाज, बिद्यार्थी, विवेकशिल साझा पार्टी लगायत बिभिन्न क्षेत्र र वर्गका प्रतिनिधि सहभागी र्याली माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म पुगेको थियो ।
केसीलाइ समर्थन गर्दैै निस्किएको र्यालीमा पूर्वप्रधानन्यायाधीश सुशील कार्की पनि सहभागी हुनुभयो । र्यालीपछि आयोजित कोणसभालाइ सम्बोधन गर्दै कार्कीले केसीले उठाएकोे माग विधिसम्मत भएको बताउनुभयो । यो लडाई विकृति विरुद्ध भएकाले आम जनताको पक्षमा रहेको उहाँले बताउनुभयो । डा. १३ दिन देखि भोकभोकै विकृति विरुद्ध लडेको भन्दै उहाँले आफू सधैं केसीको पक्षमा रहने बताउनुभयो ।
‘जसले जे मन लाग्यो त्यही गर्ने ? त्यही हुँदा हामी चुप बसिराख्ने ?’ कार्कीले थपिन, ‘सरकारले बेलैमा सोचोस, कुनै दुर्घटना भयो भने देशकै लागि कलंक हुनेछ।’
माइतघरदेखि बानेश्वरसम्मको र्यालीको नेतृत्व पनि कार्कीले गर्नुभएको थियो ।


