![]()
बिबिसि । बार्सिलोनाका ब्राजिलियन स्टार नेयमार कीर्तिमानी मुल्य १९ करोड ८० लाख पाउण्डमा पीएसजी जाने पक्का भएको छ ।
स्पेनिस क्लब बार्सिलोनाका ब्राजिलियन फरवार्ड नेयमार आफैले सो क्लबमा जाने पुष्टि गरेका हुन ।
बार्सिलोनाले आफ्ना फरवार्डलाई क्लब छाड्न अनुमति दिएसँगै नेयमार कीर्तिमानी मुल्यमा पीएसजी जाने पक्का भएको हो । स्पेन पुगेका नेयमारले आफना सहकर्मीसंग बार्सिलोना छाड्न लागेको बताएका हुन ।
फ्रान्सेली क्लब पीएसजीले विश्व फुटबलको कीर्तिमानी मुल्य १९ करोड ८० लाख पाउण्डमा नेयमारलाई भित्र्याउन लागेको हो । बार्सा प्रशिक्षक अर्नेस्टो वेलवेर्डेले ट्रेनिङ सेसनमा नेयमारको भविष्यको बिषयमा कुराकानी गर्दै क्लब छाड्नका लागि अनुमती दिएका थिए ।
बार्साले सन् २०१३ मा नेयमारलाई ब्राजिलियन क्लब सान्तोषबाट ४ करोड ८६ लाख पाउण्डमा क्लबमा ल्याएको थियो ।


