![]()
बिबिसि । गृहयुद्धमा फसेको मुलुक यमनमा १० लाख भन्दा बढी बालबालिका हैजाको उच्च जोखिममा परेका छन । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेभ द चिल्ड्रेनका अनुसार ती मध्ये २ लाख बालबालिकाको अवस्था दयनीय रहेको छ । गत अप्रिल यता मात्रै हैजाका कारण करिब दुइ हजार बालबालिकाले ज्यान गुमाइसकेका छन ।
यमनमा गृहयुद्ध शुरु भएयता हैजा संक्रमितको संख्या करिब ५ लाख पुगेको सेभ द चिल्ड्रेनको तथ्यांक छ । कुपोषण तथा विभिन्न रोगबाट सिकार भएका बालबालिकाको संख्या ठूलो रहेको र उनीहरुमा रोगविरुद्ध लड्नसक्ने क्षमता कमजोर हुने भएकाले जोखिम बढेको रिपोर्टमा उल्लेख छ ।
यमनमा २ बर्षयता जारी युद्धले स्वास्थ्यसम्बन्धी विभिन्न निकायहरु नै ध्वस्त भएकाले अत्यावश्यकीय औषधी तथा खाद्यान्न अभाव चर्किएको छ ।


