![]()
एजेन्सी । कुनै समयकी चर्चित पोर्न स्टार तथा हाल वलिउडमा नगरीकी हट नायिका सनी लियोन मैनफोर्स कण्डम कम्पनीकी ब्रान्ड एम्बेसडर पनि हुन । उनी मैनफोर्स कम्पनीको विज्ञापनमा पनि खेल्छिन । उनको यो विज्ञापन प्रसारण गरेदेखि नै विवाद छ । हुँदाहुँदा अब त भारतको संसदमै यसले प्रवेश पाएको छ । कांग्रेस गोवाका एक विधायकले यो कण्डमको विज्ञापनप्रति आपत्ती जनाउँदै संसदमै चर्चा गरेका छन ।
विधायक फ्रांसिस्को सिल्वेरियाले संसदमा भनिन, ‘सार्वजनिक बसहरुमा कण्डमको प्रचार बन्द हुनुपर्छ । यसले हामीलाई लज्जित बनाईरहेको छ ।’ उनले सभामुख प्रमोद सावंतको ध्यानाकर्षण गर्दै सोधिन के हामी संसदमा (राज्य विधानसभा) कण्डम शब्दको प्रयोग गर्न सक्छौं ? उनले अगाडि भनिन –यो विज्ञापनले गोवाको मानिसलाई के सिकाईरहेको छ ? विद्यार्थीहरु बसमा यात्रा गर्छन त्यसबेला यो विज्ञापनबाट उनिहरुले के सिक्छन ?
यो विज्ञापनमा सन्नी लियोनीले खुलेरै अंग प्रदर्शन गरेकी छिन । गर्भनिरोधक कम्पनी र निमगसंगको सम्झौतामा यो विज्ञापन प्रचार भइरहेको छ ।
यसअघि रिपब्लिकन पार्टीको महिला शाखाले पनि सन्नी लियोनीको कण्डम विज्ञापनको विरोध गरेको थियो ।


