Breaking News.... EverestOnlineKhabar
May 12, 2026

प्रधानमन्त्री देउवाद्वारा नारायणगढ–मुग्लिन सडकको हवाइ तथा स्थलगत निरीक्षण, युद्धस्तरमा काम गर्न निर्देशन

Loading

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डका बारेमा जन गुनासो बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफैले सो सडकखण्डको हवाइ तथा स्थलगत निरीक्षण गर्नुभएको छ । बजेट मात्र सकिने तर सडक नसुध्रिने भएपछि प्रधानमन्त्री देउवाले बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलयारलाइ समेत साथमा लिइ हवाइ तथा स्थलगत निरीक्षण गर्नुभएको हो ।

पहिरोका कारण बेलाबेला सडकखण्ड अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । प्रधानमन्त्री देउवाले दासढुंगामा नारायणगढ–मुग्लिन सडक निर्माणमा संलग्न व्यवसायीसँग सडक निर्माणको अवस्थाबारे पनि जानकारी लिनुभएको थियो ।

प्रधानमन्त्री देउवाले मुग्लिन सडक आयोजना देशकै ‘लाइफ लाइन’ भन्दै युद्धस्तरमा निर्माण गर्न निर्देशन दिनभयो । सडक निर्माणमा बजेटको चिन्ता नगर्न आग्रह गर्दै उहाँले छिटो भन्दा छिटो सडक संचालन गर्ने हिसाबले अघि बढन निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.