Breaking News.... EverestOnlineKhabar
May 12, 2026

अवैध कल वाइपास गर्ने ५ जना पक्राउ

Loading

काभ्रे,१८ साउन ।
काभ्रेको बनेपा नगरपालिका–७ गोदामचोकबाट कल वाइपासमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरका केशवराज पौडेल, काभ्रेको रोशी गाउँपालिका–३ शिखर अम्बोटेका विकाश लामा, काभ्रे रोशी–८ सिपाली चिलाउनेका बिनोद कुमार मैनाली, काभ्रे चौरी देउराली–४ का सुजन तामाङ र दोलखाको फस्कु गाउँपालिका–८ रातमाटेका अबि थापा छन् ।
पक्राउ परेकाहरुका साथबाट कल वाइपासमा प्रयोग हुने विभिन्न उपकरणसमेत वरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सहकुल थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.