Breaking News.... EverestOnlineKhabar
May 12, 2026

साँझा प्रकाशनमा बेथितिःसाझाको खर्चमा शर्मासहित सातजनाको टोली विदेश भ्रमणमा जाँदै

Loading

काठमाडौ,१८ साउन ।
साझा प्रकाशनमा अनियमितता भएको सम्बन्धमा शिक्षा मन्त्रालयले छानबिन गरिरहेका बेला संस्थाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मासहित सातजनाको टोली जापान भ्रमणमा जाने लागेको छ। महाप्रबन्धक शर्मा, सञ्चालक समित सदस्य एवं पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्मा, सदस्य तथा पूर्वमन्त्री प्रदीप नेपाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल शाखाका प्रमुख राधेश्याम लेकाली, चितवनका शिक्षक तथा कवि सुरेन्द्रप्रसाद पौडेल र अन्य दुईजना महिला आगामी अगस्ट ९ देखि १६ सम्म जापान भ्रमणमा जान लागेको स्रोतले जानकारी दिएको छ।
शर्मासहित तीनजना सञ्चालक सदस्य, लेकाली र पौडेलको भिसा लागे पनि दुईजना महिलाको भिसा भने प्रक्रियामा रहेको छ। विदेश भ्रमणका विषयमा साझा सञ्चालक समिति सदस्य नेपालले महाप्रबन्धक शर्माले आफूलाई भ्रमणको प्रस्ताव गरे पनि अस्वीकार गरेको बताएका छन्। अर्का सदस्य शर्माले भने सुरुमा आफूलाई यस विषयमा जानकारी नभएको बताए पनि भिसा आवेदनको प्रमाण नागरिकसँग रहेको बताएपछि आफूले आवेदन गरेको तर जाने–नजाने निश्चित नभएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.