Breaking News.... EverestOnlineKhabar
June 19, 2026

पूर्वराजा ज्ञानेन्द्र थाईल्याण्ड जाँदै, निर्मल निवाशको जिम्मा पारसलाई…..

Loading

काठमाडौ,१८ साउन ।
पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्याण्ड जाँदैछन् । मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा ३ दिन उपचारपछि डिस्चार्च भएका उनी परिवारसहित थाइल्याण्ड जान लागेका हुन्। यही साउन ४ गते उनी मुटुको उपचार गराउन नर्भिक पुगेका थिए। उनी थाइ एयरवेजको विमानबाट दिउँसो साढे १ बजे थाइल्याण्ड जान लागेका हुन्। उनको साथमा पूर्वरानी कोमल र निजी सचिव सागरराज तिमल्सिना तथा केही सहयोगीहरूसँगै जाँदैछन् ।
पूर्वराजा ज्ञानेन्द्र नाती नातीनालाई समेत घुमाउन बैंकक जान लागेका हुन्। यसअघि असार २२ गते पूर्वयुवराज्ञी हिमानी, छोरा हृदयेन्द्र, छोरीद्वय कृतिका र पूर्णिकालाई सँगै लिएर थाइल्याण्ड गइसकेकी छन्। बिदा मनाउन सबै जना थाइल्याण्ड गएको निर्मल निवास स्रोतले जानकारी दिएको छ।‘स–परिवार विदा मनाउन थाइल्याण्ड जाने रहर भएपछि पूर्वराजपरिवार थाइल्याण्ड गएका हुन् ।’ निर्मल निवास श्रोतले भन्योः‘करिब दुई साताको भ्रमण पछि नेपाल फर्कने कार्यक्रम छ।’
स–परिवार थाइल्याण्ड गएपछि पूर्वयुवराज पारस मात्र निर्मल निवासमा बस्ने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed