Breaking News.... EverestOnlineKhabar
April 19, 2026

सन् २०२८ को ओलम्पिक अमेरिकाको लस एन्जलसमा हुने…

Loading

एजेन्सी,१७ साउन ।
अमेरिकाको लस एन्जलस शहरले सन् २०२८ को ओलम्पिक खेल आयोजना गर्ने भएको छ । यसअघि सन् २०२४ कै ओलम्पिक खेल आयोजनाको दाबी गर्दै आएको लस एन्जलस त्यसबाट पछि हटेको हो । सन् २०२४ को संस्करण आयोजनाका लागि फ्रान्सको पेरिस र अमेरिकाको लस एन्जलसले दाबी गर्दै आएका थिए । दुवै शहरले आफूहरुले ओलम्पिकका लागि तयारी सुरु गरिसकेकाले आयोजनाको जिम्मेवारी पाउनु पर्ने बताउँदै आएका थिए ।
तर अहिले आएर लस एन्जलसले सन् २०२४ को दाबी छोड्दै पेरिसलाई सजिलो बनाएको छ । गएको जुनमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले पेरिस र लस एन्जलसले एकपछि अर्को ओलम्पिक खेल आयोजना गर्ने निर्णय गरेको थियो । तर कुन वर्षको ओलम्पिक कहाँ हुने स्पष्ट पारेको थिएन ।
लस एन्जलसको पछिल्लो भनाईपछि अब सन् २०२४ को ओलम्पिक खेल पेरिसमा र २०२८ को लस एन्जलसमा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed