Breaking News.... EverestOnlineKhabar
April 19, 2026

एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै प्रचण्डल भनेः‘राष्ट्रवादको नारा दिएर हिटलर जन्माउन खोजिँदैछ’

Loading

जनकपुरधाम,१७ साउन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रवादको नारा दिएर हिटलरहरु जन्माउन खोजिएको आरोप लगाएका छन् । एमाले र मधेस केन्द्रीय दलहरुको आलोचना गर्दै प्रचण्डले उनीहरु जाति–जाति भिडाउने खेलमा लागेको बताए । सोमबार जनकपुरमा भएको पार्टीको प्रदेश नम्बर २ को भेलालाई सम्बोधन गर्दै प्रचण्डले मधेसी राष्ट्रवाद र पहाडे राष्ट्रवादका नाममा हिटलरहरु जन्मन खोजेको बताए ।उनले भनेः‘नश्लवादी राष्ट्रवादले अन्ततः जाति जातिलाई लडाउँछ र राष्ट्रिय एकतालाई कमजोर बनाउँछ । अन्धराष्ट्रवाद अन्तिममा फाँसीवादमा बदलिन्छ, नेपालमा पनि यो अभ्यास गर्न खोजिएको छ ।’
आफ्नो प्रधानमन्त्रीकालमा नै हिमाल, पहाड र तराई–मधेसलाई एकताको सुत्रमा बाँध्ने काम भएको उनको दाबी छ । एमालेलाई मधेसी, जनजातिको अधिकार, संघीयता, गणतन्त्र र नयाँ संविधान मन नपरेको भन्दै प्रचण्डले भनेः‘उनीहरु बाध्यतावश स्वीकार्दैछन् । बलिया भए भने परिवर्तन उल्टाउँछन् ।’
कार्यक्रममा माओवादी शीर्ष नेताहरुले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय चुनावमा पार्टीलाई पहिलो बनाउन सकिने बताएका छन् । माओवादी पहिलो बन्ने आधार, पृष्ठभूमि र सम्भावना रहेको भन्दै अध्यक्ष प्रचण्डले भनेः‘यो प्रदेशमा माओवादीलाई पहिलो बनाउनु छ । त्यसका लागि युद्दस्तरमा निर्वाचन अभियानमा जानुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed