Breaking News.... EverestOnlineKhabar
June 25, 2026

अफगानिस्तानमा इराकी दुतावासमा आत्मघाती बिष्फोट, आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट आइएसले लियो

Loading

बिबिसि । अफगानिस्तानको राजधानी काबुलस्थित इराकी दूतावासमा आत्मघाती बिष्फोट भएको छ । बिबिसिका अनुसार आत्मघाती बम विस्फोट गराइएको हो ।

आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट आइएसले लिएको छ । आक्रमणबाट भएको क्षतिको विवरण सार्वजनिक गरिएको छैन । घटनास्थलमा अहिले सुरक्षा कारबाही जारी छ । दूतावास परिसरभित्र आक्रमणकारी प्रवेश गरे वा नगरेकोबारे स्पष्ट हुन सकेको छैन ।

घटनामा हताहती भए वा नभएकोबारे पनि थाहा हुन सकेको छैन । दूतावास क्षेत्रको सडकलाई सुरक्षाकर्मीले घेरा हालेका छन् र सर्वसाधारणलाई त्यहाँबाट निकालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed