![]()
काठमाडौं । ए डिभिजन क्लब थ्रीस्टारलाई दिने क्षतिपुर्तीका बिषयमा अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठकमा विवाद भएको छ । थ्रीस्टारलाई क्षतिपुर्ती दिने बिषयमा सदस्यहरुको मत बाँझिएपछि कार्य समिति बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा करिब ८ घण्टा चलेको बैठकमा अधिकांश सदस्यले एन्फा नेतृत्वको आलोचना गरेका थिए । थ्रीस्टारलाई एएफसी कप खेल्नबाट बञ्चित गराएपछि एन्फाले डेढ करोड रुपैयाँ क्षतिपुर्ती दिने सहमति गरेको थियो । त्यसको औपचारिक निर्णयका लागि एन्फाले कार्य समिति बैठक बोलाएको हो ।
अधिकांश सदस्यले एन्फाको लापरवाहीमा संलग्नलाई कारवाहीको माग गरेका छन् ।


