Breaking News.... EverestOnlineKhabar
June 19, 2026

पाठेघर खस्ने समस्या सबैभन्दा बढी सुदूरपश्चिममा

Loading

काठमाडौं । सुदूरपश्चिममा सबैभन्दा बढी आङ अर्थात पाठेघर खस्ने समस्या देखिएको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघिय जनसंख्या विकास कोष ( युएनएफपिए ) र स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महासाखाले गरेको अध्ययनले यो तथ्य बाहिर ल्याएको हो । समग्रमा प्रजनन् उमेर समूहका साडे ६ प्रतिसत महिलामा आङ खस्ने समस्या पाइएको छ ।

ताप्लेजुङ, ओखलढुंगा, मोरङ, सिरहा, मकवानपुर, पर्सा, सर्लाही, म्याग्दी, रुपन्देही, डोल्पा, प्युठान, दैलेख, कैलाली र बैतडी गरि १५ जिल्लाका चार हजार २७७ जना १५ देखि ४९ बर्ष उमेर समूहका महिलामा यो अध्ययन गरिएको थियो । अध्ययन गरिएका महिला मध्ये चारहजार ३१ ज्ना महिलाको स्वास्थ्य परिक्षणसँगै अन्तरवार्ता समेत लिइएको थियो ।

पाठेघर खस्ने समस्या देखिएका महिलामध्ये ८६ प्रतिसतको २० वर्ष नपुग्दै बिबाह भइरहेको पाइएको छ ।
सरकारले पाठेघर खस्ने समस्या अत्यधिक भएका जिल्लामा शल्यक्रिया निःशुल्क गरेको छ । सानै उमेरमा बिबाह गर्ने, पटक पटक गर्भपतन गराउने, गहंगो भारी बोक्ने, उचित पोषणको अभाव जस्ता कुराले पाठेघर खस्ने समस्या अझै कम हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed