Breaking News.... EverestOnlineKhabar
May 12, 2026

माग पूरा नभई आन्दोलनबाट विश्राम नलिने महन्थ ठाकुरको उद्घोष….

Loading

काठमाडौ,६ साउन ।
राष्ट्रिय जनता पार्टी, नेपालले मधेशको माग पूरा गराउन आफ्नो पार्टी प्रतिबद्ध रहेको जनाएको छ। बिहीबार काठमाडौंमा आयोजित‘वर्तमान राजनीतिक अवस्थाः सन्दर्भ मधेश’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष मण्डलका महन्थ ठाकुरले मधेशको माग पूरा नभई आन्दोलनबाट विश्राम नलिने दृढता व्यक्त गरे। उनले आफूहरुको आन्दोलनको एजेन्डा चुनाव नभएको पनि स्पष्ट पारे।
नेता ठाकुरले मधेशका जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई संवैधानिक व्यवस्था गर्न आफ्नो पार्टीले निरन्तर संघर्ष गरिरहनु परेको उल्लेख गरे । उनले मधेशको माग सम्बोधन नभई निर्वाचनमा जाने अवस्था नरहेको पनि दोहोर्‍याए।
राष्ट्रिय जनता पार्टी, नेपालले आफूहरुको माग अनुसार संविधान संशोधन नभए निर्वाचनमा भाग लिन नसकिने अडान राख्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.