![]()
काठमाडौ,५ साउन ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिने भएको छ । साउन १५ गते एकता घोषणा गर्ने गरी दुवै पार्टीले साउन ११ र १२ गतेका लागि आ–आफ्ना केन्द्रीय कार्यसमिति बैठक डाकेका छन् ।
एकीकृत पार्टीको नाम टुंगो लागिनसके पनि नयाँ शक्ति फोरम हुने सम्भावना बलियो छ । अध्यक्षमा उपेन्द्र यादव, भट्टराई अधिकार सम्पन्न सर्वोच्च नेता र अशोक राई वरिष्ठ नेता रहने सहमति भइसकेको दुवैतिरको उच्च स्रोतले दाबी गर्यो । आर्य खस, जनजाति र मधेसी क्लस्टर मिलाएर नेतृत्व निर्माण हुने फोरम स्रोतको भनाइ छ । तर भट्टराई र यादवले कुराकानी चलिरहे पनि पद बाँडफाँड गर्ने तहसम्म पुगिनसकेको जिकिर गरे ।


