Breaking News.... EverestOnlineKhabar
May 12, 2026

पूर्व राजा शाहको स्वास्थ्य स्थिति सामान्य…..

Loading

काठमाडौ,५ साउन ।
पूर्वराजा ज्ञानेन्द्र शाहको मुटुको धमनीमा दोस्रोपटक एन्जिओप्लास्टी गरिएको छ। नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार नर्भिक अस्पताल पुगेका उनको धमनीमा ब्लक देखिएपछि तत्काल एन्जिओप्लास्टी गरिएको हो। यसअघि सन् २०१४ मा मुटुमा समस्या आएपछि पूर्वराजा ज्ञानेन्द्रको एन्जिओप्लास्टी गरिएको थियो।
चिकित्सकहरूका अनुसार पूर्वराजा ज्ञानेन्द्रको नसा ८५ प्रतिशत ब्लक भइसकेको थियो। यो भनेको मानिस गम्भीर अवस्थामा पुग्नु हो।‘पहिला पनि एन्जिओप्लास्टी गरिसकेका कारण उहाँ नियमित स्वास्थ्य परीक्षणमा आउनुहुन्थ्यो। यसपटक नयाँ नसामा ब्लकेज देखियो, जुन अति नै महत्वपूर्ण नसा हो। हामीले तत्काल उहाँको अनुमतिमा एन्जिओप्लास्टी गरी स्टेन्ट लगाउन सफल भयौँ,’ उपचारमा संलग्न डा.यादव भट्टले भने ।
स्वास्थ्य परीक्षणका क्रममा एन्जिओग्राफी गर्दा पूर्वराजा ज्ञानेन्द्रको मुटुको धमनी ब्लक भएको देखिएको थियो। नसामा ब्लकेज देखियो भने एन्जिओप्लास्टी गरी ब्लक भएको नसा खोल्ने र स्टेन्ट हाल्ने गरिन्छ। अहिले शाहको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्। उनलाई तीन दिनपछि डिस्चार्ज गर्ने अस्पतालले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.