![]()
काठमाडौ,३ साउन ।
नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायपरिषद्मा पेश भएका न्यायाधीशको सम्पत्ती विवरणमा सन्तुष्ट नभएमा छानविन प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाउनुभएको छ । सोमबार राष्ट्रपतिबाट नियुक्त र सपथपछि पदबहालीकाक्रममा उहाँले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।न्यायिक सुधारसम्बन्धी कार्ययोजनामा यस्तो प्रतबद्धता जनाइएको छ । न्यायाधीशले आवधिक रुपमा न्यायपरिषदमा सम्पत्ती विवरण पेश गर्ने परम्परा रहे पनि त्यस्को छानविन भने हुने गरेको छैन । यसअघि सर्वोच्चका पूर्व न्यायाधीश भैरवप्रसाद लम्सालको अध्यक्षतामा गठित सम्पत्ति छानविन आयोगको प्रतिबेदनका आधारमा न्यायाधीशमाथि कारवाही नभएको भन्दै आलोचना हुँदै आएको छ ।
सम्पत्ति छानविनन्यायाधीशको मात्र नभै कर्मचारीको आचारण, अनुशासन पालना गरेनगरेको तथा न्यायिक काम कारवहाीमा कुनै अनियमितता भएनभएको बिषयमा निरन्तर अनुगमन र निगरानी गर्ने स्वचालित पद्धतीको निर्माण गरिने भएको छ । न्यायमा देखिएका विकृतिको अध्ययनका लागि गठित विभिन्न समितिले दिएका प्रतिवेदन कार्यान्वयनमा विशेष जोड दिइने भनाई उहाँको छ । न्यायपालिकामा आर्थिक अनुशासन कायम गरिने योजना पनि छ । न्यायपालिका सुधारमा तेस्रो पञ्चवर्षीय रणनीतिक योजना लागू भइसकेको अवस्थामा प्रमुख प्राथमिकताका साथ प्रभावकारितामा जोड दिइने प्रतिबद्धता उहाँको छ ।
न्यायपालिकाको स्वतन्त्रता एवम् स्वायत्ततासम्बन्धी मुल्य मान्यताको प्रबद्र्धनमा ध्यान दिइने भनाई उहाँको छ । न्यायपालिकाको सुधारबाट सेवाग्राहीको सन्तुष्टी बढे मात्र जनआश्था स्वतः बढ्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । यस्तै न्यायिक उत्तरदायित्व बढाइने भनाई पराजुलीको छ।


