Breaking News.... EverestOnlineKhabar
May 12, 2026

सेती नदीले बगाउँदा तीनजना बेपत्ता, बचाउन गएका पनि बगे

Loading

पोखरा,३ साउन ।
पोखराको सेती नदीले बगाउँदा दुई युवतीसहित तीन जना बेपत्ता भएका छन् । पोखरा–लेखनाथ महानगरपालिका वडा नम्बर ३३ पशुपतिघाटमा सोमबार साँझ नुहाउने क्रममा बगेर उनीहरु बेपत्ता भएका हुन् । दाङको साविक ताप्रे गाविस–७ घर भई पशुपतिघाटमा मजदुरी गर्दै आएका १८ बर्षीया संगीता नेपाली, ध्वनी नेपाली र सुनील परियार बेपत्ता भएका हुन् । सोमबार नुहाउने क्रममा उनीहरुलाई नदीले बगाए पनि आज मात्रै थाहा भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
संगीता, ध्वनी, सुनिल र गोम्छे सार्की नदीमा नुहाउन गएका थिए । सुरुमा नदीमा पसेकी संगीता बगेपछि बचाउन गएका सुनील र ध्वनीलाई पनि नदीले बगाएको हो । उनीहरुको खोजी कार्य विहानैदेखि सुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.