![]()
सप्तरी,३१ असार ।
सप्तरीमा २३ वर्षअघि भएको हत्यामा संलग्न दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। जोगेन्द्र मण्डल हत्याका दोषी सचिन्द्र यादब तथा कारी यादबलाई प्रहरीले पक्राउ परेका हुन्। उनीहरुलाई बालाजुस्थित कोठाबाट सिआइबीको टोलीले पक्राउ गरेको हो।
यादबद्वयले २०५१ फागुन २० गते राति पकरी चोक सप्तरीमा रामलिला हेरी घर फर्किंदै गरेका जोगेन्द्र मण्डललाई वादबिबादको क्रममा कुटपिट गरी धारीलो हतियार प्रहार गरी कर्तब्य गरी हत्या गरेका थिए। पक्राउ दुवैजनालाई सर्वोच्च अदालतले २०६२ चैत ७ गते जन्मकैदको फैसला सुनाएको थियो। कार्यन्वयनको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराईएकोमा निज प्रतिबादीहरुलाई अदालतको आदेश बमोजिम कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय सुन्धारा काठमाडौंमा चलान भएका छन्।


