Breaking News.... EverestOnlineKhabar
May 12, 2026

ईन्जिनियरहरु कमिसन माग्न थालेपछि भूकम्पपीडितहरु थप पीडामा….

Loading

काठमाडौ,३१ असार ।
धादिङ जिल्लामा पुननिर्माणका लागि खटिएका इन्जिनियरले भूकम्पपीडितसँग कमिसन असुल्ने गरेका छन् । उनीहरुले आफूले चिनेका कन्सल्टेन्सीमार्फत घरको नक्सा बनाइदिने भन्दै भूकम्पपीडितसँग कमिसन असुल्ने गरेको फेला परेको हो ।‘घर निर्माण गर्दा नक्सा बनाउनुपर्छ भन्दै प्राविधिकले पैसा माग्ने गरेका छन्, त्यो पैसा दिएपछि मात्रै घर बनाउन सुरु गर्नुपर्ने हो कि ?’ धुनिबेसी नगरपालिकामा केही समयअघि आयोजित एक छलफलमा स्थानीय बृन्दा कँडेल र ईश्वर केसीले गरेको प्रश्न हो यो ।
प्राविधिकले भने स्थानीयकै आग्रहमा मध्यस्तकर्ताको काम गरिएको बताएका छन् । सरकारले अनुदानमा घर बनाउनेका लागि १७ प्रकारका नक्सा सार्वजनिक गरेको छ । गाउँको जग्गाको बनोटअनुसार १७ प्रकारका नक्सामा घर नबन्ने अवस्था आएमा २५ प्रतिशतसम्म तोडमोड गरेर भए पनि भूकम्पपीडितलाई नक्सा निःशुल्क बनाइदिनु पर्ने प्रावधान छ । इन्जिनियरले भने १७ प्रकारका नक्सा डिजाइनमा नपर्ने भन्दै नयाँ नक्सा बनाउन भूकम्पपीडितलाई बाध्य पारिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.