Breaking News.... EverestOnlineKhabar
May 12, 2026

बिमलको १ गोल नै भयो निर्णायक…..

Loading

काठमाडौ,२८ असार ।
नेपाली अण्डर– २३ राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा बंगलादेशको युवा टोलीलार्इ पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सुपरस्टार स्ट्राइकर बिमल घर्तीमगरको गोलको सहयोगमा नेपाली युवा टोली एक शून्य गोलले विजयी भयो । खेल सुरू भएको २०औं मिनेटमा मिडफिल्डर अञ्जन विष्टको क्रसलार्इ सदुपयोग गरी कप्तान तथा स्ट्राइकर विमलले उत्कृष्ठ गोल गरे । एएफसी अण्डर– २३ च्याम्पियनसिप छनौटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको हो ।
पहिलो हाफमा गोल गरेपनि नेपालको खेल स्तरीय भने थिएन । खेलपछिको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक राजुकाजी शाक्यले ४–५–१ को फर्म्याटमा पहिलोपटक खेलाइएकाले खेलाडीहरू आ–आफ्नो पोजिसनमा अभ्यस्त हुन नसकेको स्वीकार गरे ।
गोल गरेपछिको ल्याण्डिङमा तालमेल नमिल्दा स्ट्राइकर घर्तीमगर चोटग्रस्त हुँदै मैदान बाहिरिए । काँधको चोट सामान्य रहेपनि प्रशिक्षक शाक्यले रिक्स लिन चाहेनन् । बिमल बाहिरिएपछि खेलमा बंगलादेशी टिम केही हावी भएको थियो । तर पहिलो हाफमा बंगाली स्ट्राइकरहरूले कुनै शशक्त आक्रमण भने गर्न सकेनन् ।
दोस्रो हाफमा नेपालले गोलका केही राम्रा अवसर सृजना गरेपनि गोल गर्न सकेन । पहिलो हाफको तुलनामा सन्तुलित खेल खेलेको नेपालको प्रदर्शनबाट प्रशिक्षक शाक्य खुसी छन् । प्रशिक्षक शाक्यले टिमले राम्रो खेलेको तथा जित हासिल गरेको भएपनि शनिबारदेखि सुरू हुने एएफसी अण्डर २३ छनौट प्रतियोगिताका लागि यो प्रदर्शन पर्याप्त नरहेको स्वीकारे ।
अभ्यास खेल नपुगेकोबारे नेपाली कप्तान बिमलले पनि गुनासो गरे ।‘ठूलो प्रतियोगिताअघि धेरैभन्दा धेरै अभ्यास खेल्नुपर्ने हो,’ बिमलले भनेः‘तर एकमात्र अभ्यास खेल भयो, बंगलादेश भन्दा राम्रो टिमहरूसँग २–३ म्याच खेल्नपाएको भए अझै राम्रो हुन्थ्यो ।’
यता बंगलादेशका प्रशिक्षक एन्ड्र्यु वर्डले पनि आफ्नो टोलीले पहिलो हाफमा राम्रो खेलेपनि दोस्रो हाफमा अपेक्षाकृत खेल्न नसकेको प्रतिक्रिया दिए । नेपालसँगको खेल जहिले पनि प्रतिस्पर्धात्मक हुने उनले दोहोर्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.