Breaking News.... EverestOnlineKhabar
May 12, 2026

अनुभवको कमीले निर्वाचनमा पराजित हुनपरेको माओवादी केन्द्रको निष्कर्ष…

Loading

काठमाडौ,२८ असार ।
माओवादी केन्द्रका नेताहरुले स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत परिणाम ल्याउन नसक्नुमा अति आत्मविश्वास, गुटस्वार्थ, व्यक्तिवाद, पार्टीभित्रकै अन्तरघात र निर्वाचन अनुभवको कमी मूल कारण रहेको बताएका छन् । कतिपय स्थानमा जितिनेमा अति विश्वासका कारण पनि पार्टी पराजित हुन पुगेको नेताहरुले जिकिर गरेका छन् । दुई चरणमा सम्पन्न ६ वटा प्रदेशको चुनावी समीक्षा, २ नम्बर प्रदेशको स्थानीय चुनावदेखि प्रदेश र केन्द्रसम्मको चुनावको तयारी र संगठनात्मक कार्ययोजनाका विषयमा छलफल गर्न २ साउनमा बोलाइएको सचिवालय बैठककको तयारीका लागि मंगलबार बसेकमो हेडक्वार्टर बैठकमा रिपोर्टिङ गर्दै नेताहरुले यस्तो बताएका हुन् ।
निर्वाचनको पूर्ण समिक्षा भने साउन २ गते बस्ने सचिवालयको बैठकले गर्ने नेताहरुको भनाई छ । बैठकमा आगामी साउन २ गते बस्ने सचिवालयको बैठकका एजेण्डाका विषयमा समेत छलफल भएको थियो । सचिवालयको बैठकमा प्रदेशका संयोजकहरुले प्रदेशगत रुपमा चुनावी समिक्षा गर्ने र रिपोर्ट प्रस्तुत गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.