Breaking News.... EverestOnlineKhabar
May 12, 2026

इराकी प्रधानमन्त्री किन पुगे मोसुलमा….?

Loading

एजेन्सी,२७ असार ।
इराकी प्रधानमन्त्री हैदर अल–अबादीले मोसुलको भ्रमण गर्नुभएको छ । मोसुलमा इराकी सेनाले बिद्रोही संगठन इस्लामिक स्टेट आइएस विरुद्ध कारवाही अभियान चलाइरहेको छ । गएको वर्षको अक्टोबर १७ देखि सुरु भएको अभियानको क्रममा इराकी सेनाले मोसुलका धेरै महत्वपूर्ण क्षेत्रमा विजय प्राप्त गरेको छ ।
प्रधानमन्त्री अल–अबादीले आइएस विरुद्धको कारवाहीमा मिलेको सफलताका लागि सुरक्षाकर्मीलाई बधाई दिनका लागि मोसुलको भ्रमण गर्नुभएको प्रधानमन्त्री कार्यालयबाट जारी गरिएको वक्तव्यमा उल्लेख गरिएको छ । सन् २०१४ को जुनमा आइएसले मोसुल आफ्नो कब्जामा लिएको थियो । तर अहिले मोसुलको धेरै जस्तो भाग अमेरिकी हवाई सेनाको सहयोगमा इराकी सेनाले आफ्नो नियन्त्रणमा लिन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.