Breaking News.... EverestOnlineKhabar
May 12, 2026

भरतपुर मतगणना प्रकरणः सुनुवाई सरेको सर्यै,फेरि हप्ता दिन सर्‍यो

Loading

चितवन,२७ असार ।
भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ सोमबार पनि सरेको छ।न्यायाधीशद्वय ओमकुमार मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा पेसी तोकिएको सो मुद्दाको सुनुवाइ अर्को सोमबारका लागि सारिएको हो।
बहस गर्न पुगेका वकिललाई न्यायाधीश मिश्रले आफू बाहिर जानु पर्ने भएकाले नभ्याउने बताएपछि मुद्दाको सुनुवाइ हप्ता दिनलाई सरेको हो। वैशाख ३१ गते भएको स्थानीय निर्वाचनको मत गणना भइँरहदा भरतपुर महानगरमा जेठ १४ गते राती मतपत्र च्यातिएको थियो।
सो विषयमा अदालतमा परेको मुद्दाको सुनुवाइ पटक पटक सर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.