![]()
काठमाडौ,२६ असार ।
स्थानीय तहमा आएको परिणाम र सरकार विस्तारको विषयमा नेपाली कांग्रेसभित्र चरम विवाद उत्पन्न भएको छ । विवाद भएको विषयलाई पार्टीका वरिष्ट नेताहरुले सार्वजनिक कार्यक्रममा दिएका अभिव्यक्तिले पनि पुष्टि हुन्छ । भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न नसकेको खबर सञ्चार माध्यममा आए पनि सरकारमा कसलाई पठाउने भन्ने विषयमा पार्टीमा छलफल नै नभएको रामचन्द्र पौडेल पक्षका नेता डा. रामशरण महतले बताएका छन् ।
उनले भनेः‘ मिडियामा भागबन्डा भनेर आउँछ । तर, त्यस्तो होइन । अरु पार्टीसँग पावर सेयरिङ गर्नेबारे सभापतिले नै छलफल गर्नु भएको छैन, मन्त्रीमा कुन व्यक्तिलाई कहाँ पठाउने, अरु नीतिगत विषयमा के हुने भन्नेबारेमा केही छलफल भएको छैन । संख्यामा कुरो भएकै छैन । उपयुक्त मान्छे सरकारमा जानुपर्छ भन्नेमा छौं, तर, छलफल नहुँदा समस्या भएको छ ।’ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै पौडेल पक्ष असन्तुष्ट छ ।


